लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको अध्यक्षमा पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपाने सर्वसम्मतीमा चयन -
Comments Add Comment

लायन्स क्लव अफ काठमाडौं शुभआरम्भको अध्यक्षमा पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपाने सर्वसम्मतीमा चयन

१८ चैत , काठमाडौ । लायन्स क्ल्व अफ काठमाडौं शुभआरम्भको आज भएको क्लवको तेस्रो वार्षिक साधारण सभाबाट आगामी लायन वर्ष २०२४/२५ को अध्यक्षमा लायन रामशरण न्यौपाने (सुशान्त) को नेतृत्वमा नयाँ कमिटि सर्वसम्मतीबाट चयन भएको छ ।

स्वयम्भुको एक क्याफेमा आज सम्पन्न क्लवको तेस्रो वार्षिक साधरणसभा तथा अधिवेशनले अध्यक्षमा जनपक्षिय जुझारु पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपानेलाई चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्ष लायन बिन्जु श्रेष्ठ, द्वितिय उपाध्यक्षमा लायन श्यामकृष्ण महर्जन, सचिवमा लायन सुरज कार्की, र कोषाध्यक्षमा लायन सविता श्रेष्ठ चयन भएको छ ।

वरिष्ठ सल्लाहकारमा हरि राजवाहक र रिना राजभण्डारी चयन भएका छन् । सल्लाहकार सदस्यमा दिनेश कुमार बाँडा, लिओ को–अडिनेटरमा बिन्जु श्रेष्ठ, पि.आर.ओ. मा अमिता श्रेष्ठ, एलसिआईएफ संयोजकमा निरा खड्गी र सरोज शर्मा, एनएलएफ संयोजकमा सुरेन्द्र कुमार सांघाई र सदस्यमा अञ्जु श्रेष्ठ, व्यवस्थापन संयोजकमा राजेश श्रेष्ठ, इन्टरनेशनल कन्जरभेसनमा श्रृजता कुँवर, क्याबिनेट मिटिङ को–अडिनेटरमा सुमन्ति श्रेष्ठ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै