एसपीमा बढुवा भएका ८ जनालाई आईजीपी कुँवरले लगाइदिए फुलि -
Comments Add Comment

एसपीमा बढुवा भएका ८ जनालाई आईजीपी कुँवरले लगाइदिए फुलि

काठमाडौं – नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका ८ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।

शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । उनीहरुको गत साता बढुवा भएको थियो ।

बढुवा भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, सन्तोष तामाङ, राजन लिम्बू, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, विनोद घिमिरे र यादव ढकालले एसपीको दर्ज्यानी चिन्ह लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै