नेपाल प्रहरी श्रीमती संघद्वारा “बेमौसमी कृषि उत्पादन सम्बन्धी स्थलगत तालिम” सञ्चालन -
Comments Add Comment

नेपाल प्रहरी श्रीमती संघद्वारा “बेमौसमी कृषि उत्पादन सम्बन्धी स्थलगत तालिम” सञ्चालन

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना, जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई प्युठानको सहकार्यमा “बेमौसमी कृषि उत्पादन सम्बन्धी स्थलगत तालिम” सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत, जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई प्युठानका प्रमुख चुमानसिंह गिरी,बहालवाला तथा पुर्व प्रहरी कर्मचारीहरु र आश्रित परिवार, श्रीमती संघका सदस्यहरु लगायत ७४ जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पुर्व प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारहरु र श्रीमती संघका सदस्यहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले बेमौसमी तरकारी उत्पादनका विभिन्न प्रविधीहरु, लौका खेती, काक्रा खेती, करेला खेती, नर्सरी व्यवस्थापन र 3G Cutting को बारेमा व्यवहारीक अभ्यास गराउदै प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत उपस्थित सम्पुर्णलाई विभिन्न ८ प्रकारका बिउ बिजनहरुको पोका वितरण गर्नुभएको थियो ।

उक्त कार्यक्रम प्रमुख अतिथिद्वारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, प्रमुख चुमान सिंह गिरी र सोही कार्यालयका प्रतिनिधि बिपिन खड्कालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै