Comments Add Comment

Advertisment

SKIP THIS

अबैध रूपमा नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ

काठमाडौं– भिसा समाप्त भएपछि पनि नेपालमा बसिरहेका १० जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन् । प्रहरीले पक्राउ परेका सबै बंगलादेशको ढाका निवासी रहेको र उनीहरु सबै काठमाडौंको सोह्रखुट्टे बस्दै आएको जनाएको छ ।

बंगालदेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनीरुपमा बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार ठमेल र सोह्र खुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै