Comments Add Comment

Advertisment

SKIP THIS

बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने

काठमाडौं– र्‍याफ्टिङ खेल प्रवर्द्धन गर्न तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्‍याफ्टिङ र्‍याली हुने भएको छ।

जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो।

जिल्ला समन्वय समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएर ऐतिहासिक बागमति नदीमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो।

गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु हुने र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ।

जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए।

कूल ४५ वटा डुंगाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछन्। प्रत्येक डुंगामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए।

बिहान ७:३० देखि सुरु भएको यात्रा साँझ ५:३० सम्म सञ्चालनमा हुनेछ। यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ।

त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुनेछ। सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुंगिने आयोजक जिल्ला समन्वय समिति, काठमाडौंले जनाएको छ। आयोजकले यो अभियानबाट बागमती नदीमा पनि र्‍याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै