Comments Add Comment

Advertisment

SKIP THIS

सीमा-नाकामा आउजाउ सहज गर्न व्यापारीको माग

३ वैशाख ,काठमाडौ । सिमामा आउजाउ गर्नेहरुलाई सुरक्षा कर्मिहरुबाट दुखदिनेको गरिएको प्रति स्थानियले ध्यानाकर्षण गराएका छन ।

खास गरेर केहि समय देखि सिमामा खटका सुरक्षा कर्मिहरुको ज्यादती बढदै गएकोमा सरोकारवालाले दुबै देशका सुरक्षा प्रमुखहरुको ध्यानाकर्षण गराएका हुन । सुरक्षा कर्मिहरुबाट बिनाकारण हुने गरेको कुटपिटका साथै विभिन्न किसिमका सास्तीहरु दिनेगरिएको गुनासा समेत उक्त कार्यक्रममा व्यक्त गरिएको थियो ।

नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिक र उद्योगी व्यवसायीहरुले भोगीरहेका समस्याका सम्बन्धमा सरोकारवालाहरु बिच शनिबार भएको छलफलमा यस्तो गुनासा व्यक्त गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको सीमा सुरक्षा बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एंव संरचनागत समस्याका र त्यसका समाधान बारे छलफल भएको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले भारतबाट रेल्वेमार्ग हुदै आयत हुने सामग्री बाटोमै चोरी हुने गरेकोप्रति भारतीय निकायको ध्यानाकर्षण गराउदै भने, ‘विगतको तुलनामा भारतीय पक्षबाट सुरक्षा बढेपनि उद्योगी व्यवसायीले अझ पनि सुरक्षित महसुस गरिरहेका छन, रेल्वेबाट सामान ल्याउँदा बाटोमै चोरी हुने गरेका छ, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाली सवारीसाधन भारत प्रवेशमा केहि समय यतादेखि सुरु गरिएको कठिनाइलाई सहज बनाउन सुझाव दिए । साथै उनले वीरगन्ज महानगरपालिकाको पहलमा सुरु गरिएको रात्री बजारलाई मध्यनजर गर्दै खुला गरिएको २४ सै नाकालाई निरन्तरता दिन सके दुवै देशको आर्थिक विकासमा सघाउ पुग्नुका साथै आउ जाउमा पनि सहज हुने बताए ।

उनले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढ्दै जाँदा पनि आवतजावतमा असहजता भएको बताए । ‘ १७ सय ५२ किलोमीटर सीमा सँधै खुला हुन्छ, त्यो क्षेत्रमा सुरक्षाकर्मी पनि हुँदैनन् । अनि जहाँ धेरै सुरक्षाकर्मी तैनाथ हुन्छन्, त्यही क्षेत्रमा नाका बन्द गरिएको हुन्छ । यसको कुनै अर्थ छैन’टेमानीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले सीमावर्ती शहर रक्सौलमा प्रवेश गर्ने बित्तिकै अवैध रुपमा सञ्चालित सटही काउन्टरहरुबाट दुवै देशका सर्वसाधारण ठगिदै आएकाले यसतर्फ भारतीय पक्षको ध्यानाकर्षणको जरुरी रहेर्को बताए । लाठले भने, ‘करिब ५० लाखभन्दा बढी नेपाली भारतमा श्रमिकको रुपमा कार्यरत छन्, विभिन्न चाडवाड तथा विदामा नेपाल आउँदा उनीहरु ठगीन बाध्य छन्, त्यसैले यसलाई नियमन गर्न आवश्यक छ ।’

छलफलमा भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी ९डिएम० सौरभ जोरवालले सीमा क्षेत्रका समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै भारतीय सीमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले सुरक्षाकर्मीको काम नागरिकलाई सुरक्षा दिने भएको हुँदा दुस्ख दिने काम नगर्न निर्देशन पनि दिए । नेपाली नम्बर प्लेटका सवारी साधनको आवागमनलाई सहज बनाउने विषयमा पनि छलफल गरेर आवश्यक निस्कर्ष निकाल्ने उनले आश्वासन दिए ।

कार्यक्रममा नेपालका तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटी, बाराका सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका साथै उद्योगी व्यवसायीहरुको सहभागीता थियो ।

भारतका तर्फबाट बिहारको भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी ९डिएम० सौरभ जोरवाल, पश्चिम चम्पारण बगाहा पुलिस जिल्लाका जिल्ला अधिकारी दिनेश कुमार राइका साथै भारतीय प्रहरीका प्रमुख , उद्योगी व्यवसायीको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै