
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना, जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्य तथा प्युठान अस्पताल बिजुवारको प्राविधिक सहयोगमा “स्वास्थ्य शिविर कार्यक्रम” जिल्ला प्रहरी कार्यालय प्युठानको प्राङ्गणमा कार्यक्रम सम्मपन्न गिरएको छ ।
उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायतको विशिष्ट आतिथ्यता,जिल्ला प्रहरी कार्यालय प्यूठान कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका सदस्यहरु था स्वास्थ्यकर्मीहरु, बहालवाला र पुर्वप्रहरी कर्मचारी तथा आश्रित परिवारहरु लगायतको उपस्थितिमा १७५ जनाको स्वास्थ परिक्षण गरी कार्यक्रम समापन भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले ”सेवा नै धर्म हो” भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै निरन्तर सामाजिक, परोपकारी एवं मानवीय सेवामा समर्पित नेपाल प्रहरी श्रीमती संघले ”स्वास्थ्य नै धन” भन्ने मूल मन्त्रलाई मनन् गरी देशको विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउँदै कार्यक्रमलाई साकार पार्न सहयोग गर्नुहुने लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघ, जिल्ला प्रहरी कार्यालय प्युठान, प्युठान अस्पताल बिजुवार तथा यस शिविरमा खटिई आउनु भएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू लगायत उपस्थित सम्पुर्णमा आभार व्यक्त गर्नु भएको थियो ।
साथै क्यान्सर रोगबाट पीडित जिल्ला प्युठान मल्लरानी गा.पा. वडा नं. ०४ टोप्रे घर भएका नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत बर्ष ४४ का प्रहरी सहायक निरीक्षक सुरेश बहादुर पुन मगरको परिवारलाई नेपाल प्रहरी श्रीमती संघ भृकुटिमण्डप काठमाण्डौकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत र जिल्ला प्रहरी कार्यालय प्युठान कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट राहत सहयोग स्वरुप स्वेच्छिकरुपमा संकलित रकम रु.१,५१,१०५।- (एक लाख एकाउन्न हजार एक सय पाँच रुपैँया) हस्तान्तरण गर्नुभएको थियो । त्यसै गरी कार्यक्रमलाई साकार पार्न सहकार्य, समन्वय र सहयोग गर्ने संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान तथा कदर स्वरुप प्रशंसा पत्र समेत प्रदान गर्नुभएको थियो ।