रौतहट । रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजारभन्दा बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका–१ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको हो।

जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए ।

बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको छ।