प्रहरी श्रीमती संघद्वारा हेटौंडामा मन्दिर सरसफाई, खाद्यान्न वितरण तथा रक्तदान कार्यक्रम -
Comments Add Comment

प्रहरी श्रीमती संघद्वारा हेटौंडामा मन्दिर सरसफाई, खाद्यान्न वितरण तथा रक्तदान कार्यक्रम

नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।

रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी. नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वाल, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै