ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ -
Comments Add Comment

ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।

ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै