Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक जनाको मृत्यु

२७ चैत , काठमाडौं । हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको करेन्ट लागेर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment