Comments Add Comment

Advertisment

SKIP THIS

खोलामा डुबेर एक जनाको मृत्यु

१० बैशाख , काठमाडौं । बालुवा निकाल्ने क्रममा खोलामा डुबेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–४ लोहन्द्रा खोलामा डुबेर स्थानीय ३० वर्षीय बसन्त माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो ३ः३० बजेतिर खोलामा डुबेका माझीलाई मृत फेला पारिएको हो ।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment