काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय महिला ट्राफिक प्रहरी गुल्म, रामशाहपथ दरबन्दी भई ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा कार्यरत प्रहरी सहायक हवल्दार वसन्ती मश्राङ्गी उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएकी छिन् ।
सहायक हवल्दार मश्राङ्गीले ड्यूटीमा रहेको अवस्थामा विदेशी तथा स्वदेशी अति विशिष्ट तथा बिशिष्ट व्यक्तिको सवारी आवागमनलाई सहज बनाउनुका साथै बिभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरस: पालना गर्दै आफुलाई खटाईएको स्थानहरुमा आम सर्वसाधारणहरुको आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाई सवारी दुर्घटना न्यूनिकरणमा उल्लेखिय भुमिका निर्वाह गरी आफुलाई दिएको जिम्मेवारी बिवाद रहित तवरले पुरा गर्ने सफल भइन् ।
साथै उनले गरेका कामको सर्वसाधारणबाट समेत सकारात्मक पृष्टपोषण प्राप्त भएको हुनाले हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले उपत्यका ट्राफिक कार्यालयले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथा त्यसबाट जिम्मेवारी निर्वाहमा हरेक कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्न गई संगठनको व्यबसायिक कार्यदक्षतामा उच्च सुधार भई आगामी दिनहरुमा हरेक प्रहरी कर्मचारीहरुबाट हुने कार्यसम्पादनमा थप गुणात्मक सुधार हुने तथ्यलाई दृष्टिगत गरी वसन्ती मश्राङ्गीले गरेको कार्यको कदर स्वरुप २०८० चैत महिनाको Best Traffic Police of Month घोषणा गरिएको हो ।