बुटवलमा सामाजिक सञ्जालबाट पुरुषहरुलाई हनी ट्रयापमामा पारेर ठगी गर्दै कुसुम गैरे -
Comments Add Comment

बुटवलमा सामाजिक सञ्जालबाट पुरुषहरुलाई हनी ट्रयापमामा पारेर ठगी गर्दै कुसुम गैरे

१८ बैशाख, काठमाडौ । सामाजिक सञ्जालबाट पुरुषहरुलाई हनी ट्रयापमामा पारेर रकम असुलीको धन्दा चलाउने बुटवलमा पनि सक्रिय देखिएको छ । नक्कली आइडी बनाएर पुरुषसँग मित्रता गाँस्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुली गर्ने धन्दा पछिल्लो समय बढेको हो ।

सामाजिक सञ्जालमा युवतीको नाममा नक्कली आईडी बनाएर पुरुषसँग चिनजान गरी हनी ट्रयापमा पार्ने नयाँ शैलीको अपराध बुटवलमा बढेको पाइएको हो ।

सामाजिक सञ्जालमा चिनजान गरेर विभिन्न होटल तथा रेष्टुरेन्टमा भेटन बोलाउने र झुठो मुद्दा लगाएर फसाईदिने भन्दै डर, धम्की र त्रासको आधारमा रकम असुल्ने अपराध बढेको पीडितहरुले बताएका छन् । सुन्दरीलाई जीवनसाथी बनाउने सपनामा पछिल्लो समयमा बुटवलका ५ भन्दा बढी विवाहित तथा अविवाहित पुरुषहरु हनी ट्रयापको शिकार भएका छन् ।

उनीहरु सबैलाई सामाजिक सञ्जाल फेसबुकमा ‘कुसुम गैरे’ को नाममा रहेको एकाउण्टबाट हनी ट्रयापमा पारी ब्ल्याकमेल गरिएको बताइएको छ । ‘एकदिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो ।

कुराकानी भयो, चिनजान भयो । अनि ती युवतीले व्हाट्सएपमा कुरा गरौं भनेर आफ्नो नम्बर दिईन् । व्हाट्सएपमा कुरा गर्दै गएपछि एकदिन उताबाट प्रपोजल आयो । म सँग प्रेममा परेको बताईन् । मैले स्वीकार गरे । केहीदिनपछि आवश्‍यक काम भन्दै ५ हजार रुपैयाँ पैसा मागिन । मैले दिएपनि,’ बुटवलका रवि बस्‍नेत ९नाम परिवर्तन० ले भने, ‘महिनामा मैले ती युवतीलाई ५० हजारभन्दा बढी पैसा दिईसके । तर, पैसा पाएपछि ब्लक भए ।’

सामाजिक सञ्जालमार्फत् चिनजान गरी माया प्रेमको सम्बन्ध स्थापना गर्ने र आफन्त तथा साथीभाई बिरामीको भएको बहानामा लाखौं रुपैयाँसम्म रकम असुल्ने अपराधको शिकार बुटवलका मात्रै नभई नवलपरासीसम्मका पुरुषहरु भएका छन् ।

मिडिया सम्पर्कमा आएका एक पुरुषले भने, ‘सामाजिक सञ्जालमा जोडिएपछि युवतीले कसैसँग फोन अथवा भिडियो कलमा कुरा गर्दिनन् । म्यासेजमा मात्रै कुरा हुन्छ । भ्वाइस रेकर्डकोे रिप्लाई पनि म्यासेजमै आउँछ ।’

त्यस्तै पाल्पाकी हाल बुटवलमा बस्‍दै आएकी कुसुम गैरेले बुटवल क्षेत्र केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत, नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको पीडितहरूले बताएका छन।

ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन । कुसमले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन ।उनीहरूसँग सॉंचो प्रेम अर्थात विवाह गर्ने भन्दै तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ श्रीमती भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ । आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन ।

नक्कली प्रेमी विवाह गर्ने साथ उनले उनीहरुसँग आफ्नो पितालाई जापान पठाउन पैसा अपुग भएको र पैसा मागने दिएर उनीहरू बाट सम्बन्ध टुंगाउँदै फेक फेसबुक आइडी बनाएर विभिन्न धम्कीसहित थप पैसा माग्ने गरेको पीडित राजन थापाले बताए ।

त्यस्तै रुपदेन्हीका २३ वर्षीय विवेक मगर ती युवतिको आनीबानी देखेर शंका लागेपछि उनीसँग सम्बन्ध नरहने गरि संबंध टुंगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment