काठमाडौं: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले पदभार ग्रहण गरेकी छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दुर्गा सिंहको नेतृत्वमा पहिलो पटक महिलालाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेश प्रहरीले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

पदभार ग्रहणसँगै गण्डकी प्रदेश प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरुको स्थलगत निरिक्षण पनि गरिन् ।

प्रहरी नायव महानिरीक्षक सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गरेका थिए ।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु र उपस्थित कार्यालय प्रमुखहरूलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिइन् ।