काठमाडौं । खाजाघरको आवरणमा वेश्यावृत्ति गराएको अभियोगमा दुई जना पक्राउ गरेको मानव बेखविखन ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।
पक्राउ पर्नेमा दार्चुला व्यास गाउँपालिका वडा नमबर ६ हुती स्थायी घर भएका टोखा नगरपालिका ९ बस्ने २९ वर्षीय लोकेन्द्र बडु रहेका छन् । उनले टोखा नगरपालिका ९ मा संचालन गरेको सुर्खेत खाजाघरमा नाबालिकालाई वेश्याबृत्ति लगाएको छ भन्ने गोप्य सुचनाको आधारमा मानव बेखविखन ब्युरोले छापा मारेको थियो । एक बालिकालाई जबरजस्ती वेश्याबृत्तिमा लगाएको सुचना आएपछि ब्युरोले लामो अनुसन्धान गरि उक्त खाजाघरको संचालकलाई पक्राउ गरेको हो ।
तस्तै प्रहरीले सर्लाही जिल्लाको हरिवन नगरपालिका ०२ घर भएकी ३७ वर्षीय कान्छिमाया तामाङलाई समेत प । उनीहरु दुवैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । अभियुक्तहरुले डरधम्की दिएर बालिकाहरुई जबरजस्ती यौन व्यावसायमा लगाएको खुलेको छ ।
उक्त खाजा घरमा विभिन्न बालिकालाई वेटरको काम लगाउने तर ल्याएपछि डर धम्की दिएर वेश्यावृत्तिका लागि पठाइने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले एक जना ग्राहकबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म कमिशन लिने गरेको खुलेको छ ।