०५ फाल्गुन , काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ वर्षीय सन्चरिया ताजपुरिया मृत्यु भएको हो ।
बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।



