२३ वैशाख , काठमाडौ ।  “मेरो धरहरा मै बनाउछु” भन्दै घोषणा गर्ने पुर्ब प्रधानमन्त्री के पी शर्मा ओली र धरहरा अभियानका अभियन्ता ध्रुबप्रसाद गजुरेल बिच धरहरा अभियान लगायतका बिषयमा कुराकानी भएको छ । आज ओली निवास बालकोटमा यो साइत जुरेको थियो ।

बिनाशकारी भूकम्प गएको दिन अर्थात धरहरा सम्बत् को पहिलो दिन बैशाख १२ गते केपी शर्मा ओली काठमाडौं बाहिर रहनु भएको हुनाले सो दिन भेटघाट हुन नसकेको कुरा धरहरा अभियानका अभियन्ता गजुरेलले बताएका छन् ।

अभियन्ता ध्रुब गजुरेलका अनुसार आज पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलीलाई बालकोटमा भेटेर धरहरा अभियानको पहिलो पुस्तकमा शुभकामना लिन आउदा उक्त पुस्तक भित्रको मै बनाउदछु मेरो धरहरा शिर्षकको कविता हजुरलाई सुनाएको थियाँ भन्दा के. पी. शर्मा ओली मुस्कुरानु भएको थियो ।

हजुर, प्रचण्ड र शेरबहादर देउवाको शुभकामना सहित प्रकाशन भएको यो पुस्तक बिक्रिबाट तत्काल रू.३ लाख भन्दा बढिको बिक्रि भएर प्राप्त भएको रकम धरहरा निर्माण कोषमा जम्मा गराईको थियो अभियान निरन्तर चलेको र सो पछि पनि प्राप्त रकमलाई उक्त कोषमा जम्मा गर्दै आएको कुरा पुर्ब प्रधानमन्त्रीलाई जानकारी एबं स्मरण गराउनु भएको थियो ।

के. पी. शर्मा ओलीबाट धरहरा शिलान्यास हुँदा ३ करोड नेपालीको तर्फबाट बोल्न र एउटा कविता वाचन गर्ने सौभाग्य पाए लगत्तै हजुरले मीठो कविता सुनाउनु भयो धन्यबाद दिन्छु भन्दा यसले मलाई थप प्रेरणा थप्दै उर्जा प्रदान गरेको कुराहरू भन्दा के. पी. शर्मा ओलीले चासो लिएर सुन्नु भएको थियो ।

ध्रुब गजुरेलका अनुसार दोस्रो पुस्तक मुक्तक सङ्ग्रह धरहरा निर्माण मध्ये हुँदा प्रकाशन भएको र धरहरा निर्माण अन्तिम हुन लागेको अबस्थामा धरहरा विशेष बहर गजल सङ्ग्रह प्रकाशन भएको कुरा के. पी. शर्मा ओलीलाई बताउनु भएको थियो ।

अभियन्ता गजुरेलका अनुसार के. पी. शर्मा ओलीले धरहरा सम्बतको बाहिर क्यालेन्डरमा रहेको फोटोमा विशेष चासो दिदैं यो ढिस्को धरहरा हो नी भन्दै देखाउदा मैले हो भनेको यताको नयाँ होनि भन्दा आफुले हो भन्दा र वरिपरि रहने हरूले पनि चासो देखाउनु भएको थियो ।

पहिला पहिला सिधै क्यालेन्डर प्रकाशन गरेको र पछिल्लो समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकि्त लिएर मात्र प्रकाशन गर्न थालेको जानकारी समेत गराउनु भएको थियो । उक्त अबसरमा धरहरा अभियानका ३ थान पुस्तक र धरहरा सम्बत् ०१० सालको (पात्रो) हस्तान्तरण गरिएको थियो ।

उहाँले अली फुर्सदमा पुस्तकहरू अध्ययन गर्ने भन्दै अन्य भेटघाटमा ब्यस्त रहनु भएको र उहाँका सुझाबहरू मनन गरिने कुरा अभियन्ता ध्रुबप्रसाद गजुरेलले हामीलाई जानकारि गराउनु भएको छ ।