Comments Add Comment

Advertisment

SKIP THIS

आजको सन्दर्भ !

१० असोज , काठमाडौँ । कांग्रेस विवादले गठबन्धनमा तरङ ! दशैंमा डेगी अझ फैलिने जोखिम । पार्टीले जवर्जस्ती उमेद्वार उठाएकाहरु भन्छन ” जितियो, तर छोरालाई उपचार गर्ने पैसा छैन , निर्वाचन आयोगले लगाएको जरिवाना कसरी तिर्ने ?” करेन्ट लगाएर माछा मार्ने प्रचलनले रैथाने माछा हराउँदै । प्रदेश सरकार बिरुद्व २२३ मुद्वा । अहिले नियमबिपरीत बजेट निकासा गरेको सरकार माथि निश्पक्ष चुनावको विषयलाई लिएर विवादहरु उत्पन्न भएका छन ।

आजको कान्तिपुरको सम्पादकीयमा लेखिएको छ : ” निर्वाचनको मुखमा मतदाता प्रभावित पार्ने गरी सरकारले विभिन्न शिर्षकमा धमाधम गैरबजेटरी निकासा दिइरहनु सर्वथा अनुचित छ । चुनाव घोषणापश्चात मात्र ४५ अर्ब २८ करोड रकम रकमान्तर गरी कानुनी राज्यको धज्जी उडाएको छ । कामचलाउ सरकारलाई मतदाता प्रभावित पार्ने गरी राज्य स्रोतको कत्ति पनि परिचालन गर्न पाउँदैन । तर, प्रभावशाली नेताहरुको गृह जिल्लामा धमाधम रकम निकासा गरिनुले यो सरकारको निर्लज्जताको पराकाष्टा उदाङ भएको छ । ” यस्तै अहिले गणतन्त्र पक्षधर दलहरुको बेमेलका कारण गणतन्त्र बिरोधीहरु नागरिकताको विषयलाई लिएर अनेक बहानामा संविधान बिरोधी आवाजहरु घन्काइरहेका छन । यसैलाई भनिन्छ ” धमिलो पानीमा माछा मार्ने प्रवृत्ती ” भनेर । ” भाइ फुटे ग्वार लुटे भनेको त्यसै होइन !” विश्वका सर्वहारा एक हौं भन्ने तर एउटै मुलुकका सर्वहारा कम्युनिष्टहरु एक हुन नसकेर पूंजीवादी शक्तिको पाउमा प्रभू , मालिक , हामी धेरै भाइ भएर होला मिल्न सकिएन , तपाइको पाउमा शीर राखि बिन्तिपत्र चढाउन आएका भन्छन ! अनि जात्रा हाँडीगाउँको यात्रा समाजवादको ! हात्तीको देखाउने दाँत र लुकाउने दाँत भनेजस्तो कहिले मिल्ने नेपालका कम्युनिष्टहरु ?

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै