बुटवलमा सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ -
Comments Add Comment

बुटवलमा सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ

काठमाडौं: बुटवलमा सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका एसपी एसपी रन्जित सिंह राठौरले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने सूचना आएको थियो। सोही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा मारेको हो।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गरिरहेको मोबाइल लगायत सामान नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै