सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेशको सबै जिल्लाभर ट्राफिक सप्ताह सुरु -
Comments Add Comment

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेशको सबै जिल्लाभर ट्राफिक सप्ताह सुरु

गण्डकी: सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरीले प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सप्ताह कार्यक्रम समुद्घाटन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौंडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा विविध कार्यक्रमहरु सहित सञ्चालन गर्न लागिएको उक्त सप्ताहिक जनचेतनामुलक कार्यक्रमको गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारीको समुद्घाटन गर्नुभएको थियो ।

साथै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रमकै अवसरमा प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रममा चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने तालिका रहेको छ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै