७ माघ , काठमाडौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।