
२५ वैशाख , काठमाडौ । नुवाकोटको बेलकोटगढीमा स्कुल बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २७ वर्षका रुबिन रावल र २६ वर्षका स्वीकार राणा छन् । बेलकोटगढी नगरपालिका–८ स्थित सिर्खालीमा अर्किड एकेडेमीको बा ३ क ३७२२ नम्बरको बससँग बामगति प्रदेश–०२–०४४प ३६९२ र बागमती प्रदेश–०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको नुवाकोटका डीएसपी तिलक भारतीले बताए ।
मोटरसाइकलमा सवार रितिक तिवारी र उपकार थापा घाइते छन् । उनीहरूको त्रिशूली अस्पतालमा उपचार हुँदै छ ।