दुर्घटना गरी फरार रहेका ठकुरीलाई बनेपाबाट खटिएको प्रहरीले ११ वर्षपछि पक्राउ -
Comments Add Comment

दुर्घटना गरी फरार रहेका ठकुरीलाई बनेपाबाट खटिएको प्रहरीले ११ वर्षपछि पक्राउ

काठमाडौं: सवारीसाधन दुर्घटना गरी फरार रहेका व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् । स्कुलबस दुर्घटना गराई भागेका चालक रोशी– ८ का ३२ वर्षीय सुदीपकुमार ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ०६९ भदौ १९ गते काभ्रे जिल्लाको साबिक टुकुचा नाला गाविस वडा नम्बर २ स्थित सडकखण्डमा नालाबाट भक्तपुरतर्फ जाँदै गरेको उग्रचण्डी बोर्डिङ स्कुलको बा.२ ख १३२४ नम्बरको बस सडकदेखि १० मिटर तल पल्टिएर दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएकोमा बसका सहचालक आकाश भन्ने करण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनापश्चात् चालक फरार रहेको तथा यस कार्यालयमा सवारी ज्यान कसुरमा अनुसन्धान भइरहेको थियो ।

उक्त घटनापश्चात् सवारी ज्यान मुद्दामा जाहेरी दरखास्त परेको थियो । दुर्घटना गर्ने बसचालक ३२ वर्षीय सुदीपकुमार ठकुरीलाई खोजतलास गर्ने कार्य जारी रहेकोमा ११ वर्षपछि आइतबार पक्राउ गरेको प्रहरीले जानकारी दिए । जिल्ला अदालत काभ्रेबाट ६ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै