Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको पिए बनेर सरकारी नियुक्ति दिलाउने भन्दै ठगीधन्दा

४ जेठ , काठमाडौ । आफू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘पिए हुँ’ भन्दे ठगी गर्ने व्यक्तिलाई प्रहरीले मुद्दा चलाएको छ । हुम्ला चंखेली गाउँपालिका घर भई काठमाडौं बस्ने दीपेन्द्र सिरालाई प्रहरीले पक्राउ गरी ठगी र कीर्ते मुद्दा चलाएको हो ।

सिराले आफू प्रचण्डको पिए हुँ भन्दै नक्कली नियुक्ति पत्र देखाएर नियुक्ति दिलाउने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले १० लाख ९५ हजार ठगी गरेका हुन् । जनकराज लावड र नविनसिंह धामीलाई शिक्षासम्बन्धी परियोजनामा प्रबन्धक निर्देशक पदमा नियुक्ति गरिदिने भन्दै पत्र समेत देखाएर ठगी गरेका हुन् ।

माओवादी निकट रहेका सिराले प्रधानमन्त्रीको पिए भएको विश्वासमा पारेर ठगी गरेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले सिरालाई पक्राउ गरी मुद्दा दायर गरेको हो । यसमा दुई जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै