१७ जेठ , काठमाडौ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।

यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवकाअनुसार स्वचालित मौसम केन्द्रमा उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

भारत मौसम विज्ञान विभाग ९आइएमडी० ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर ९लू० को चेतावनी जारी गरेको छ ।