Comments Add Comment

Advertisment

SKIP THIS

कास्कीमा बस दुर्घटना , ८ जना घाइते

१७ जेठ , काठमाडौ । कास्कीमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं।को बस बिहान करिब पौने ४ बजे को अन्नपूर्ण गाउँपालिका-१, लेवाडेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार १३ जना सवार उक्त बसका चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै