
प्रेना भुसाल: जसरी सबैको मन मस्तिष्कमा हाकिमको एउटा छाप बसेको हुन्छ त्यसरी नै मेरो दृष्टिमा हाकिम साब कडा, निष्पक्ष र जिम्मेवार लाग्छ जसरी हामीले हाकिम असल, सम्मानजनक र सहयोगी भावनाको हुनुपर्छ सोच्छौँ त्यसरी नै हाकिम साब सहानुभूति भएको र सबैको अनुकरणीय लाग्छ थुप्रै सन्तानका आमा मायालु भएझैँ हाकिम साबले बुवाको भूमिका निभाएझैँ लाग्छ त्यसैले त मलाई हाकिम साब सबैको आइडल लाग्छ।
जसरी एक बिरामीलाई डक्टरले सुन्दैमा घाउमा मलम लाग्छ त्यसरी नै हाकिम साब सेवाग्राहीहरूको गुनासो सुन्नुहुन्छ र आफ्नै गुनासो सम्झनु हुन्छ हाकिम साबले कसैको जात, वर्ग, धर्म छुट्टाउनु हुन्न हाकिम साब कार्यसम्पादनमा पनि कर्मनिष्ठ हुनुहुन्छ अझ बढी सबैको साझा चौतारी बन्नुहुन्छ बाहिर जति भद्र हुनुहुन्छ हाकिम साब भित्रबाट पनि त्यस्तै शुद्ध हुनुहुन्छ त्यसैले त हाकिम साब सिपाहीको आइडल हुनुहुन्छ।
जसरी हाकिम साब जनताको गुनासो समाधान गर्नुहुन्छ त्यसरी नै कार्यालयमा पारिवारिक वातावरण सृजना गर्नुहुन्छ मैत्रीपूर्ण कार्यालय, कर्तव्यशील कर्मचारी निःस्वार्थी हाकिम र जनताको साथ, हो यस्तै झैँ हाकिम साबको कार्यरत कार्यालय प्रेरक र उदाहरणीय लाग्छ त्यसैले त मलाई हाकिम साब सबैको आइडल लाग्छ।
आन्तरिक शुद्धीकरणमा आफू मातहत कर्मचारीलाई एक नम्बरमा राख्नु हुन्छ
कार्यालय पीडित मैत्री हुनुपर्छ भन्दै कर्मचारीहरूलाई चेन अफ कमान्डमा राख्नु हुन्छ
महिला, बालबालिका र वृद्धलाई प्राथमिकतामा राख्नु हुन्छ जनताको हितको कार्यलाई प्रमुख दायित्व मान्नु हुन्छ हो, उहाँ हाम्रो हाकिम साब मात्र नभई आइडल हुनुहुन्छ।
कर्मचारीहरूको बिदा होस् या समस्या सबैलाई समान सुविधा दिनु हुन्छ न्यून दर्जाका कर्मचारीहरूको मनोबल सधैँ उच्च राख्नु हुन्छ कुनै कुराको निर्णय गर्न समय फिटिक्कै लगाउनु हुँदैन किनकि हाकिम साब मल्टी ट्यालेन्ट हुनुहुन्छ हजारौँ सिपाहीका हाकिम मात्र नभई अभिभावक पनि हुनु हुन्छ
त्यसैले त हाकिम साब हाम्रो आइडल हुनुहुन्छ।
आशा गरौँ कि हाकिम साबको आगामी कार्यकाल उच्च रहनेछ अपेक्षा यो छ कि, उहाँको सद्गुण ज्ञानको प्रवाह हुनेछ टोल टोलका पीडित, प्रभावितको सुनुवाइ हुनेछ सिपाहीका मागहरूको सम्बोधन हुनेछ उहाँ एक कार्यालयको आइडल मात्र नभई सङ्गठनको आइडल बन्नु हुनेछ।