१ असार , काठमाडौ । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बोक्सीको आरोपमा कुटपिट भएको हो ।
कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । हिजो सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेकी ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपिट गरेको उनको आरोप छ ।
महोत्तरी प्रहरीले यस घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।