Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर ९ मा फायर एक्सटिंग्विशर राख्न सुरु

४ असार , काठमाडौ । तारकेश्वर नगरभित्र पहिलोपटक वडा नं.९ मा फायर एक्सटिंग्विशर राख्ने कार्य सुरु भएको छ ।

आज मात्र २० ठाउँमा राखिएको वडाअध्यक्ष श्यामकृष्ण महर्जनले बताएका छन् । महर्जनले भनेका छन् – आज मुल सडकहरुमा राख्ने भएको र केही दिनमा टोलटोलमा पनि उपभोक्ता समितिको संरक्षण हुने गरी थप ५० स्थानमा राख्न लागेको बताएका छन् ।

असरल्ल इन्टरनेट र फोनका तारहरु बिजुली पोलमा भएका कारण विभिन्न समयमा बत्तीका पोलहरुमा आगलागी हुँदै आएको छ । बत्तीका पोल र नागरिकहरुका घरहरुमा आगलागी भइहालेमा तत्काल नियन्त्रणमा लिन फायर एक्सटिंग्विशर राखिएको वडाअध्यक्ष महर्जनले बताएका छन् ।

यस कार्यका लागि आर्थिक वर्ष २०८०/८१ मा वडास्तरीय बजेट विनियोजन गरी काम सुरु गरेको छ । वडाअध्यक्ष महर्जनकाअनुसार ७० स्थानमा राख्नका लागि फायर एक्सटिंग्विशरको कभर बक्स बनाउने कार्य भइरहेको हुँदा केही दिनमा सबै टोल–टोलमा लगेर जनतामा खुशी दिलाउने बताएका छन् ।

तारकेश्वर नगरपालिकामा यस कार्य गर्नेमा वडा नं-९ मात्र रहेको छ । जनताबाट कर लिए पछि नागरिकको धनसम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य बोध गरी आगलागी नियन्त्रक ग्याँसहरु ठाउँठाउँमा राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै