Comments Add Comment

Advertisment

SKIP THIS

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से

६ असार , काठमाडौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १०।४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको हो। कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३०६ स्टकको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो।

बुधबार २.२७ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४० करोड मूल्य बराबरको कारोबार भएको थियो । आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७.७१ प्रतिशतले बढ्यो।

यसैगरी बराही हाइड्रोपावरको सेयर ६.६३ प्रतिशत,सनराइज ब्लूचीप फण्डको ५.९३,गुडविल फाइनान्सको ५.४६ र ग्रीन भेन्चरको ५.०९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

७९ अंकमा आएर रोकियो नेप्से

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक