इटहरीका डिएसपी टेक कार्की र इन्स्पेक्टर बबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित -
Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीका डिएसपी टेक कार्की र इन्स्पेक्टर बबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिरानगर : कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले सुनसरीको ईटहरी उप-महानगरपालिका-७ का राम कुमार पंडितलाई सोही स्थानका उमेश चौधरीले धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरी फरार भएको घटनाको प्रतिवादी तथा इटहरी उप-महानगरपालिका-१२ कि महिलालाई जवरजस्ती करणी गरी फरार भएको घटनाको प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए ।

साथै लागू औषध कारोवार तथा चोरीका घट्नाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको र प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बिर्तामोड नगरपालिका-४ झापा की ६७ बर्षीया विष्णु कुमारी बिष्टलाई धारिलो हतियार प्रहार गरी हत्या तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा बिर्तामोड-४ का २१ बर्षीय गंगा प्रसाद राजवंशी सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हुँदा उनिहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै