१७ असार, काठमाडौ । काठमाण्डौको आरन्य बुटिक होटलमा आयोजित कार्यक्रममा महानायक राजेश हमालद्वारा अभिनित सुचनामुलक मिडियोहरु जारि गरियो ।

उत्त भिडियो मार्फत बैदेशिक अध्ययनमा जाँदा सोचेर बुझेर मात्र जानुपर्ने एवम समय र प्रविधिको उच्चतम प्रयोग गर्दै कलेज तथा युनिभरसिटिहरुमा रकम पठाउदा सम्बन्धित शैक्षिक संस्थाको खातामा मात्र पठाउनु पर्ने जस्ता सन्देश मुलक सुचनाहरु प्रवाह गरिएको थियो ।

त्यस्तै ज्ञानको सिमा असिमित हुने हुँदा उच्च शिक्षाका लागि जहाँ गएर अध्ययन गरिएता पनि आफु जन्मिएको माटो भुल्न नहुने र हासिल गरेको ज्ञान, सिप र अनुभवलाई आप्mनै माटोमा सदुपयोग गनुपर्ने भिडियोको सन्देश थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले यस्ता प्रकारका भिडियो सन्देशहरुले समाजमा सकारात्मक सन्देश प्रवाह हुने र माहानायक राजेश हमाल जस्ता ब्यक्तिहरुले यस्ता सन्देशहरु प्रवाह गर्दा सरोकार वालाहरुलाई वैदेशिक अध्ययनको सम्बन्धमा चेतनाको अभिबृद्धि हुने देखिएको भन्दै ज्ञान आर्जन गर्नका लागि संसारमा कुनै सिमा नरहेको बताउनु भयो ।

ब्राण्ड एवम मिडिया विभागको संयोजक आशिक कार्कीको संयोजनमा तयार पारिएको यस भिडियोले विद्यार्थी, अभिभावक एवम सरोकारवालाहरुलाई समुचित सुझाव दिनेछ भन्ने विस्वास लिईएको छ । वैदेशिक अध्ययनको दृष्टिकोणको बारेमा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न यो भिडियो सफल माध्यम हुनेछ भन्नेमा हामि विस्वस्त छौ ।

कार्यक्रम महासचिव ७नतसी दिपक राज भुसालले सञ्चालन गर्नु भएको थियो भने भिडियोको अनावरण अध्यक्ष शेषराज भट्टराई लगायत निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, पर्व अध्यक्ष परिषदका संयोजक राजेन्द्र बराल, पुर्व अध्यक्षहरु दिपक गुरुङ्ग तथा बिष्णु, सल्लाहकारहरु एवम कार्यसमितिका पदाधिकारीहरुले संयुक्तरुपमा गर्नुभएको थियो ।