Comments Add Comment

Advertisment

SKIP THIS

सेवानिवृत्त हुन लागेका एआईजी जोशीको प्रहरी हेडक्वाटरबाट बिदाइ

१८ असार , काठमाडौ । सेवानिवृत्त हुन लागेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई बिदाइ गरिएको छ ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुन लागेका जोशीलाई बिदाइ गरेका हुन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामनासहित बिदाइ गरेका थिए ।

सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकाश हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment