पाँच किलो अफिमसहित रामबहादुर र पूर्णबहादुर पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

पाँच किलो अफिमसहित रामबहादुर र पूर्णबहादुर पक्राउ

१८ असार , काठमाडौ । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो ।

हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरूको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनीहरूलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै