Comments Add Comment

आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको छ : भुवन केसी

२२ असार , काठमाडौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको बताएका छन् ।

आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा ऐन अभावका कारण ओझेलमा पर्ने गरेको पनि उनको भनाइ छ ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले बिहीबार इटहरीमा गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम(२०८१’ मा बोल्दै केसीले आदिवासी जनजातिका विषयमा फिल्म निर्माण गर्नेहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

उनले नेपाली कला संस्कृति नेपालको गौरव भएको भन्दै यसलाई विश्वमाझ पुर्‍याउने सबैभन्दा सजिलो माध्यम नै फिल्म भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment