एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, पहिरो पन्छाउने काम जारी -
Comments Add Comment

Advertisment

SKIP THIS

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, पहिरो पन्छाउने काम जारी

२७ असार ,काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहीवार बिहान पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर राजमार्ग दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम भइरहेको बताइएको छ ।

पहिरोका कारण बिहीवार बिहानै गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment