Comments Add Comment

Advertisment

SKIP THIS

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

२८ असार ,काठमाडौ । पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान धनकुटाको साँगुसरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।

युवा व्यवसायी ७ जना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दुइ करोडको लगानीमा सुब्बार्ले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन ।

खोलाको वगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ ।

होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन । होटल सञ्चालनमा आए सगै पर्यटकहरुको आगमन समेत बढ्ने वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment