३१ असार ,काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन्। परराष्ट्रमन्त्री देउवाले सिंहदरबार पुगेर परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी हुन् ।
परराष्ट्रमन्त्री देउवा शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालयमा बिपीको शालिकमा माल्पार्पण गरेकी थिइन्। आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् । आरजु पहिलो पटक मन्त्री बनेकी हुन्।
उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।


