Comments Add Comment

सौर्य एयर दुर्घटना : विदेशीबाहेक सबै मृतकका आफन्तले बुझे शव

१२ साउन , काठमाडौ । सौर्य एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ। सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ।

बुधबार काठमाडौंबाट सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेकोमा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो ।

जसमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै