जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चाडपर्व लक्षित विशेष सुरक्षा योजना – २०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३ सय ७३ जना प्रहरी परिचालन गर्न लागेको डिएसपी सुनिल जंग शाहले जानकारी दिए ।

डिएसपी शाहका अनुसार सोलुखुम्बु प्रहरीले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना २०७९ नेपालीहरुको महान पर्व दशै-तिहार,छठ तथा जातीय मौलिकताका आधारमा मनाइने बिभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्व हरुको अवसरमा हुन सक्ने कुनै पनि प्रकारको अवाञ्छित गतिविधी एवं घट्नाहरुलाई नियन्त्रणको लागि स्थानीय प्रशासन र अन्य सुरक्षा निकाय समेत सँग आवश्यक समन्वय गरी सोलुखुम्बु जिल्लामा खटिने प्रहरीलाई प्रभावकारी रुपमा खटाई शान्तपूर्वक तरिकाले चाडपर्व सम्पन्न गर्न भोलिदेखि सोलुखुम्बु जिल्लाभरी शान्ति सुरक्षालाई समन्वयात्मक तरिकाले जि.प्र.का सोलुखुम्बु तथा मातहत समेतको एकमुष्ठ सुरक्षा योजना बनाई सोही बमोजिम प्रहरी परिचालन गरिएको बताए ।

साथै जिल्लामा हुनसक्ने चोरी,डकैती,लुटपाट जस्ता अपराधिक गतिविधिहरु नियन्त्रणको लागि जिल्ला सदरमुकाम सल्लेरी तथा जिल्लाका अन्य बजार क्षेत्र तथा महत्वपूर्ण प्रतिष्ठानहरुमा जडान गरिएका CCTV हरुको Monitoring कार्यलाई प्राथमिकता दिईएको तथा जिल्ला प्रवेशद्वार पत्ताले नाकामा Digital निगरानीको व्यवस्था मिलाईएको डिएसपी शाहले बताए ।
सोलुखुम्बु जिल्लाको मुख्य तथा सहायक सडक खण्डहरुमा क्षमता भन्दा बढी यात्रु बोकी सवार गर्ने सवारी साधनहरुलाई दैनिक चेकजाँचको लागि ट्राफिक प्रहरी सहित संयुक्त रुपमा प्रहरी परिचालन गरी ट्राफिक व्यवस्थापन मिलाईएको छ । जिल्लाको मुख्य सिमा सगरमाथा राजमार्ग अन्तर्गत पर्ने पत्ताले र अन्य जिल्लासँग जोडिएका सीमा नाकाहरुबाट विष्फोटक पदार्थ तथा लागु औषध जन्यपदार्थहरु भित्रिन नदिनका लागि नजिक पर्ने प्रहरी ईकाईहरु प्रचौ केरुङ, प्रचौ किञ्जा,प्रचौ सुकेपोखरी,इप्रका सोताङ र प्रचौ छेस्कामबाट २४ सै घण्टा प्रहरी परिचालन गरी चेकजाँचको व्यवस्था मिलाईएको छ । बैंक तथा वित्तिय संस्था,सुन चाँदी पसल र पैसाको कारोवार हुने स्थानहरुमा प्रहरी अधिकृतको कमाण्डमा दैनिक पैदल गस्ती,मोवाईल र ग्रामीण क्षेत्रमा ग्रामीण गस्ती परिचालन गरि सुरक्षा व्यवस्था मिलाईएको डिएसपीले जानकारी दिए ।
चार्डपर्वमा मानिसहरुको बढ्दो चाप र जनगुनासोलाई मध्यनजर गरी तत्कालै Response गर्न सक्ने गरी ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष आवाडाँडा , जोबौद्ध र पत्ताले गरी ३ स्थानमा स्थापना गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुको साथै जिल्लामा जुवातास,डायस,कौडा खेल्ने, पकेटमार,लुटपाट,चिठ्ठा,चंदा,गैह्र कानुनी रकम असुली तथा गुण्डागर्दी गर्ने व्यक्ति / समूह , स्थानको पहिचान गरी जिप्रका / ईप्रकाहरुबाट प्रहरी अधिकृतको कमाण्डमा र प्रचौहरूले आवश्यकता अनुसार सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।
विशेष गरी दशै र तिहारको अवसरमा जिल्लाको विभिन्न स्थानहरुमा मेला तथा हाट बजार लाग्ने हुनाले उक्त स्थानहरुको सुरक्षा व्यवस्थापनको लागि पैदल गस्ती,ग्रामीण गस्ती QRT तथा मोवाईल गस्ती द्वारा सुरक्षा निगरानी बढाएको र अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नियमन तथा जुवा तास,लंगुरबुर्जा जस्ता खेल खेल्ने तथा खेलाउने समूहका गतिविधि माथि सुक्ष्म निगरानी राखी कानुनी दायरामा ल्याइने बताउँदै डिएसपी शाहले चाडपर्वको अवसर पारी सवारी चालकहरुले समेत मा.प.से. गरी सवारी चलाउन सक्ने भएको हुँदा surprise ठाउँमा चेकिङ गरी चाडपर्वमा हुने दुर्घटना लाई न्यूनिकरण गर्नेको साथै चाडपर्वको मौका छोपी तोकीएको भाडादर भन्दा बढी भाडा लिने सवारी साधनहरुलाई सवारी ऐन बमोजिम कानूनी दायरामा ल्याइने बताएका छन् ।


