Comments Add Comment

Advertisment

SKIP THIS

सुमित्रा गौतमको ”मायालुले वाउ भन्नेछन् ” तीज गीत बजारमा सार्वजनिक

१५ साउन , काठमाडौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् ।

यसै क्रममा गायिका सुमित्रा गौतम लगायत गायिकाको सयुक्तमा ‘मायालुले वाउ भन्नेछन् ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा हिरा माया वाईवा र बसन्ती लामाले स्वरमा साथ दिएका छन्। यस गीतको शब्द तथा संगीत गायिका बसन्तीकै रहेको छ ।

केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेकोम्युजिक भिडियोमा हिरामाया वाइबा, निकिसा श्रेष्ठ, मुना ढुङ्गाना, राज टाइगर,राज संगम, शितला पुन, गोविन्द शर्मा र सिर्जना लामा लगायत कलाकारको अभिनय रहेको छ ।

गीतको भिडियोलाई विशाल थापाले खिचेका हुन् भने भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।

बसन्ती लामाको युट्युबमार्फत् दृश्य सार्वजनिक गरिएको छ गीतलाई सुन्दर लामाले एरेन्ज तथा मिक्सिङ गरेका छन् । यसैगरी, उक्त गीत त्रीताल स्टिडियोमा रेकर्ड गरिएको थियो । विशुद्ध मनोरञ्जनका लागि गीत तयार गरिएको निर्माण टिमले जनाएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै