Comments Add Comment

Advertisment

SKIP THIS

पशुपति कोटिहोम : लण्डनबाट आइन् नयाँ कथावाचिका चन्द्रकला सखी

१५ साउन , काठमाडौ । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखीको इन्ट्री भएको छ । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् ।

सखीलाई कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे । उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्नेछिन् । कथा वाचिका देवी प्रतिभा आफ्नो भारत प्रस्थान गरेकै दिन सखीको आगमन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै