२२ साउन , काठमाडौ । तारकेश्वर नगरपालिकाको कार्यालय नजिकै रहेको धर्मस्थलीको ऐतिहासिक (डेपुखुः) पोखरीमा पानीको निकासा नभएका कारण पहिरो गएको हुन सक्ने स्थानीय सूर्यबहादुर श्रेष्ठले न्युज24ग्यालेक्सीसँग टेलिफोन संवादमा बताएका छन् ।
श्रेष्ठकाअनुसार यतिबेला मोटर लगाएर पोखरीको पानी खाली गर्ने काम भइरहेको छ । पहिरो गएको भूभागमा अहिले प्लास्टिक लगाएर छोपिएको छ । अहिलेसम्म कुनै घरमा क्षति नभएपनि पहिरो अझै थप गएमा एउटा घरमा क्षति हुन सक्ने स्थानीयले बताएका छन् ।
त्यस्तै नगरपालिकाको कार्यालयको पछाडी चौकीतिरको भागमा पनि पहिरो गएको छ । नगरपालिकाको भवन वरपरको क्षेत्रको सबैतिर पहिरो गएको स्थानीयले बताएका छन् ।





