२२ साउन , काठमाडौ । तारकेश्वर ८ को लामबगर क्षेत्रको सिएन मार्टको अगाडीको मुल सडकमा पहिरो गएको छ ।
हिजो रातीदेखि परेको अविरल वर्षाका कारण लामबगर सडकको पर्खाल भासिएर पहिरो गएको छ । यतिबेला महादेव खोलामा पानीको बहाव समेत बढ्दै गएको छ ।
तारकेश्वर ८ का स्थानीयबासीकाअनुसार मुल सडकको पेटीसहित सडकको भाग नै खोलामा गएपछि यातायात आवतजावतमा समस्या हुने भएकाले नगरपालिकाले तत्कालै क्षति बढ्न नदिन आवश्यक रोकथामका कार्य गर्नुपर्ने बताएका छन् ।


