Comments Add Comment

Advertisment

SKIP THIS

रुसका ७४ वटा गाउँ कब्जा गरेको युक्रेनको दाबी

३० साउन , काठमाडौ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताएका छन्।

युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ। युक्रेनले गरेको अकस्मात आक्रमणपछि दुई लाख रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएका छन्।

उनीहरूलाई सुरक्षित स्थानमा पठाइएको छ। युक्रेनले अगस्ट ६ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । युक्रेनले अगस्ट १३ सम्म रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ।

न्यूयोर्क टाइम्सका अनुसार दोस्रो विश्वयुद्धपछि कुनै देशले रुसको सीमामा घुसपैठ गरेको यो पहिलो पटक हो। २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धको मंगलबार ९०० दिन पूरा भएको छ ।

साढे दुई वर्षदेखि चलिरहेको यो युद्धमा रुसका लागि पछिल्लो हप्ता निकै खराब साबित भएको छ । युक्रेनले पहिलो पटक रुसमाथि प्रहार गरेको हो। युद्ध सुरु भएको साढे दुई वर्षमा रुसले युक्रेनको १ लाख वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको छ । यो युक्रेनको कुल भूमि क्षेत्रको १८५ हो।

युक्रेनले अब जवाफी आक्रमण सुरु गरेको छ र रुसको १ प्रतिशत भूभाग कब्जा गरेको छ। यसअघि सोमबार रुसले युक्रेनी सेनाले आफ्नो २८ गाउँ कब्जा गरेको बताएको थियो ।

यस अवधिमा १२ रुसी सर्वसाधारण मारिएका छन् भने १२१ घाइते भएका छन्। कुर्स्कका गभर्नर एलेक्सी स्मिर्नोभले ६ दिनमा युक्रेनी सेना कुर्स्कको करिब १२ किलोमिटर भित्र र ४० किलोमिटर चौडा क्षेत्रमा फैलिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment