Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा ६३१ खर्बको बजेट : नेपाललाई १२ अर्ब अनुदान

१९ माघ ,काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष ०२२/२३ का लागि ६ सय ३१ खर्ब नेपाली रुपैयाँ (३९४ खर्ब ४९ अर्ब भारु) बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री निर्मला सितारमणले मंगलबार संसद्मा प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा १७ खर्ब भारतीय रुपैयाँले बढी हो । भारत सरकारले चालू आर्थिक वर्षका लागि ३४८ खर्ब ३२ अर्ब भारुको बजेट ल्याएको थियो, तर वास्तविक खर्च ३ सय ७७ खर्ब भारु हुने अनुमान भारत सरकारले गरेको छ । भारतमा १ अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ, त्यसको दुई महिनाअघि फेब्रुअरीको पहिलो दिन राष्ट्रिय बजेट ल्याउने गरिन्छ ।

भारत सरकारको कुल खर्चमध्ये १०६ खर्ब ७८ अर्ब भारु पुँजीगत बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको २७ प्रतिशत हो । चालू आर्थिक वर्षमा ८४ खर्ब ४ अर्ब भारु पूँजीगत बजेट खर्च हुने संशोधित अनुमान भारत सरकारको छ । यो चालू आवका लागि ७७ खर्ब ३३ अर्ब भारु पूँजीगत बजेट विनियोजन गएकोमा त्यसको १ सय ९ प्रतिशत खर्च हुन लागेको हो । नेपालमा गत आर्थिक वर्षमा विनियोजनको ६५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको थियो, जबकि भारतमा भने लक्ष्यभन्दा पनि बढी खर्च हुने देखिएको छ । भारतमा चालू आर्थिक वर्षमा कुल विनियोजित बजेटको तुलनामा खर्च १०८ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ ।

भारत सरकारले कुल बजेटमध्ये २२० खर्ब ४४ अर्ब भारु राजस्वबाट पूर्ति गर्ने भएको छ भने १ सय ६६ खर्ब भारु ऋण लिनुपर्ने भएको छ । भारत सरकारले आगामी वर्ष लिनुपर्ने कुल ऋण (वित्तीय घाटा) कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ४ प्रतिशत हो । चालू आर्थिक वर्षमा भारत सरकारको वित्तीय घाटा ६ दशमलव ९ प्रतिशत छ । वित्तीय घाटा ५ प्रतिशतभन्दा माथि रहनु अर्थतन्त्रका लागि स्वस्थ मानिँदैन । तर, गत आर्थिक वर्षमा पनि भारत सरकारको वित्तीय घाटा कुल गार्हस्थ्य उत्पादनको ९ दशमलव २ प्रतिशत थियो । नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment