Comments Add Comment

Advertisment

SKIP THIS

बीमा रकम दाबीका लागि आफ्नै पसल जलाउने दुईजना जेल चलान

१४ भाद्र ,काठमाडौ । बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना जेल चलान भएका छन् ।

जेल चलान हुनेमा स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका-७ बस्न‍े ४३ वर्षीय पवन नेपाल रहेका छन् ।

कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो । उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।

साउन १६ गते बिहान सवा १ बजे पोखरा महानगरपालिका वडा नं। ६ नारेश्वर स्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिएर सञ्चालन गरिएको लिईमुक्तिनाथ सपिङ सेन्टरमा उनीहरुले आगो लगाएका थिए ।

उनीहरुमाथि प्रहरीले आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै