Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको कौशल ईङ्ग्लिस स्कूलले नेफ तिज नृत्य प्रतियोगिताको दुवै उपाधि हात पार्यो !

१७ भाद्र , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिका स्थित रहेको कौशल ईङ्ग्लिस स्कुल उत्तरभेगिय शैक्षिक मञ्च (नेफ)द्वारा आयोजित चौथो नेफ अन्तर विद्यालय तिज नृत्य प्रतियोगिता २०८१ मा जुनियर तथा सिनियर दुवैतर्फको उपाधी कौशल स्कुलले हात पारेको जानकारी न्युज24ग्यालेक्सी लाई प्राप्त भएको छ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्ढयन राज्य मन्त्री माननीय अरुणकुमार चौधरी, विशिष्ट अतिथि केन्द्रिय प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरु¨ लगायत विभिन्न अतिथिहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियोे।

कक्षा १ देखि ५ जुनियर छात्रा तर्फ भएको नृत्य प्रतियोगितामा कौशल ईङ्ग्लिस स्कूल तारकेश्वर पहिलो, बसुन्धरा नेशनल एकेडेमी टोखा दोस्रो, ज्ञान चक्षु ईङ्ग्लिस स्कूल बूढानीलकण्ठ तेस्रो, निब्स स्कूल मंडिकाटार चौथो तथा ओडिसी ईन्टरनेशल एकेडेमी बसुन्धाराले पाँचौ स्थान हासिल गर्न सफल भए।

कक्षा ६ देखि १० सिनियर छात्रा तर्फ भएको प्रतिस्पर्धामा पनि कौशल ईङ्ग्लिस स्कूल तारकेश्वर पहिलो हुन सफल भएको हो।

त्यस्तै गोल्डेन पिक हाई स्कूल कपन दोस्रो, एलिएन मेमोरियल स्कूल स्वयम्भू तेस्रो, ग्रीनल्याण्ड हाई स्कूल चौथो र निक एकेडमी सानो भर्‍याङ्गले पाचौं स्थान हासिल गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विभिन्न अतिथिहरुद्वारा प्रतिस्पर्धामा सफल विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियोे। कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै