Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँको सदरमुकाम दमौलीमा कस्मेटिक पसलमा आगलागी

८ कार्तिक , काठमाडौँ । तनहुँको सदरमुकाम दमौली न्युरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

उक्त पसल केही महिनाअघि ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब ७० लाखको क्षति भएको उनको दाबी छ ।

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै